Wednesday, 19th May, 2021
वि.स.

हेटौंडा आएका कमल थापाले भने-'स्थानीय सरकारको निर्माण गर्ने चुनावका लागि सबै जुटौं'

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवम् उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको चुनावमा सहभागि हुन आग्रह गरेका छन् । उनले चुनावका लागि तयार रहन सम्पूर्ण नागरिक तथा राजनीतिक दलहरुलाई आग्रह गरेका हुन् । राप्रपा मकवानपुरले १२ चैत्रमा हेटौंडामा आयोजना गरेको उपप्रधानमन्त्री थापालाई स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री थापाले १९ वर्ष पछि हुन लागेको स्थानीय चुनावले स्थानीय सरकारको निर्माण गर्ने बताए । 

स्थानीय चुनावमा कुनै पनि दल अलग हुनु हुँदैन भन्दै मन्त्री थापाले मधेसी दललाई वार्तामा ल्याएर चुनावमा सहभागी गराउन राप्रपाले हरसम्भव प्रयास गरेको बताए । उनले आफुले मकवानपुरलाई देशकै नमुना जिल्ला बनाउने सपना बोकेको उनले बताए । 

कार्यक्रममा बोल्दै राप्रपाका पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले मकवानपुरको सबै स्थानीय तहमा राप्रपाको विजयी सुनिश्चत रहेको दाबी गरेका छन् । राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दिपक सिंह, सह–महामन्त्री राजाराम बर्तौला, सांसद गणेश थापा लगायतको आतिथ्यता रहेको थियो ।