Tuesday, 16th June, 2026
वि.स.

हेटौंडा आइसोलेशनमा सहजीकरण गर्न थाहानगरका लागि छुट्टै कर्मचारी

मकवानपुर थाहा नगरपालिकाले कोरोना संक्रमणको जोखिममा रहेकालाई थाहानगरबाट हेटौंडा आइसोलेशनसम्म पु¥याउन सहजीकरणका लागि कर्मचारी नै व्यवस्थापन गरेको छ । गैर सरकारी संस्था एकीकृत ग्रामिण विकास सेवा केन्द्र (आइभीडिएस) को सहयोगमा सहजीकरणका लागि कर्मचारी व्यवस्थापन भएको स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले जानकारी दिए ।

थाहानगर टिष्टुङका कोरोना संक्रमित परिवारलाई पिसिआर परीक्षणका लागि हेटौंडा लैजाँदा ‘अस्पतालले रिफर नगर्दा संक्रमितको परिवार रातभर अलपत्र परेको’ विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि नगरपालिकाले आफ्नो नागरिकको सहजीकरणका लागि तत्काल यो निर्णय गरेको पालिकाले जनाएको छ । ‘थाहानगरबाट हेटौंडाको फिबर डेस्कसम्म जोखिममा रहेका नागरिकलाई निःशुल्क पु¥याउने र त्यहाँदेखि स्वास्थ्य परीक्षण र स्वाब परीक्षणको नतिजासम्म त्यहीको कर्मचारीले सहजीकरण गर्ने व्यवस्था गरिएको छ’–संयोजक बलामीले भने । त्यो अवधिका लागि खानेकुराको समेत नगरपालिकाले व्यवस्था गर्ने जनाइएको छ ।

आइभिडिएसको सहयोगमा थाहा नगरपालिकामा इलाका प्रहरी कार्यालय पालुङ र सिमभनज्याङमा दुई वटा हेल्थ डेस्क, क्वारेन्टाइनमा एकजना अनमी तथा हेटौंडामा समेत सहजीकरणमा सहयोग गरेकोमा नगर प्रमुख लवशेर विष्टले धन्यवाद दिएका छन् । विष्टले पिवदमा सहयोग गर्ने संस्थाको उच्च मूल्याङ्कन गरिरहेको प्रतिक्रिया दिए । 
  



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०