nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडालाई स्थायी राजधानी बनाउन नेकपाकै कसरत, नाम बागमती प्रदेश

मकवानपुरको हेटौँडा प्रदेश–३ को राजधानी हुने तोक्ने कसरत शुरु भएको छ । हेटौंडालाई प्रदेश नंबर ३ स्थायी राजधानी बनाउन नेकपा सांसदहरु जुटेपछि अब हेटौंडालाई स्थायी रुपमै राजधानी बन्ने भएको हो । छठ पछि बस्ने प्रदेशसभा बैठकमा नेकपाको तर्फबाट सर्वसम्वत हेटौँडालाई राजधानीको लागि प्रदेशसभामा प्रस्ताव हुने बुझिएको छ । 

यसअघिदेखि नै मुख्यमन्त्री डोरमणी पौडेलले हेटौंडा नै स्थायी राजधानी बनाउन तयारी प्रतिक्रिया दिदै आएका थिए । त्यस्तै प्रदेशको नाम बागमती राख्ने करिब सहमती जुटेको थाहा भएको छ । 

नेकपाले सर्वसम्वत विवादरहित ढंगबाट हेटौँडालाई राजधानी तथा नामकरणमा वागमती गर्ने अन्तिम तयारी गरिसकेको बताइएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)