Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडालाई प्रदेश राजधानी तोकिएकोमा थाहानगरद्वारा स्वागत

प्रदेशको नाम बागमती र राजधानी हेटौंडा कायम गरेकोमा मकवानपुरको थाहा नगरपालिकाले स्वागत गरेको छ ।

प्रदेशका १३ वटा जिल्लाको राजधानी मकवानपुरको हेटौंडालाई तोकिएकोमा नगरपालिकाले स्वागत गर्दै यो निर्णयमा संलग्न सवैलाई पालिकाको तर्फबाट धन्यावद ज्ञापन गरिएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

प्रदेशको राजधानी हेटौंडा कायम गरिएकोमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशका सभामुख, सांसदहरु, पार्टी नेतृत्व तहका सवैलाई धन्यवाद ज्ञापन सहित नगरपालिका तथा वडा कार्यालयहरुमा दीपावली गरिएको प्रमुख विष्टले जानकारी दिए ।