Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा २ सय २५ जना नेपाली कांग्रेस प्रवेश

congress-1613884171.jpg

 हेटौंडामा विभिन्न पार्टी परित्याग गरी २ सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ११ वडा समितिले स्मारकमा गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपा पार्टी परित्याग गरी २ सय २५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँले २ सय २५ जना कांग्रेसमा प्रवेश गराएका हुन् । कांग्रेस हटौंडा–११ नम्बर वडा सभापति विष्णु खनालको सभाध्यक्षता भएको कार्यक्रममा पार्टीका सूचना तथा प्रचार विभागका केन्द्रीय सदस्य एवं कलाकार निर शाह, प्रतिनिधिसभा २ का संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुलीको लगायतको उपस्थिती रहेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०