nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा बाम गठबन्धनको वडास्तरीय निर्वाचन परीचालन कमिटि गठन

हेटौंडाका बिभिन्न वडाहरुमा आज बामगठबन्धनको निर्बाचन परीचालन कमिटि गठन गरीएको छ । हेटौंडा १ मा संयोजक उत्तम पौडेल र सहसंयोजक कमला भ्लोन, हेटौंडा २ मा संयोजक रामकृष्ण तिमल्सीना र सहसंयोजक सिद्धि घिमिरे, हेटौंडा ३ मा संयोजकमा रुपेश बर्तौला र सहसंयोजकमा पशुपति नहर्की, हेटौंडा ४ मा नबिन सिग्देल र सहसंयोक जंगबहादुर बिश्वकर्मा, हेटौंडा ५ मा संयोजकमा ईश्वर ढुंगाना र सहसंयोजकमा रोजिता लम्साल चयन भएका छन् ।

त्यसैगरी हेटौंडा ११ मा संयोजक कृष्ण उप्रेती र सहसंयोजक देबनारायण चौलागाई, हेटौंडा १३ मा संयोजक मनोज वाईवा र सहसंयोजक रामजी नेपाल, हेटौंडा १९ मा संयोजक हरीबहादुर पण्डित र सहसंयोजक पूर्णबहादुर वाईवा चयन भएका छन् । कमिटि गठन कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्ण प्रसाद दाहाल, २ का उमेद्वार बिरोध खतिवडा, एक क उमेद्वार प्रेमबहादुर पुलामी, ख का उमेद्वार डोरमणी पौडेल, २ नम्बर प्रदेश क का उमेद्वार कुमारी मोक्तान, ख का उमेद्वार राजाराम स्याङतान, एक नम्बर परीचालन कमिटि संयोजक बद्रि लम्साल, सहसंयोजक भिम पाख्रिन, २ नम्बर संयोजक एकालाल श्रेष्ठ, सहसंयोजक ओम घलान, एक नम्बर प्रदेश क का संयोजक कमानसिंह पाख्रिन, सहसंयोजक कमल विष्ट, प्रदेश ख का संयोजक श्रीधर पोख्रल, सहसंयोजक बालकृष्ण चौलागार्इं लगायत सहभागि थिए ।

त्यसैगरी २ नम्बर प्रदेश क का संयोजक  बिष्णु बिष्ट, सहसंयोजक बिष्णु ढकाल, ख का संयोजक लालबहादुर थापा, सहसंयोजक नबराज सुबेदीलगायत एमाले तथा माओबादि केन्द्रका नेता तथा कार्यकर्ताहरुको सहभागि थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)