Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडामा बम विस्फोट

Bisf-1511935932.jpg

हेटौडा उपमाहानगरपालिका वडा नम्बर ६ रामनगरमा १३ मंसिर बिहान  बम बिष्पोट भएको छ । 

उपप्रधानमन्त्री तथा मकवापनुर क्षेत्र नंम्वर १ का उमेद्धार कमल थापाको घर नजिक विस्फोट भएकोे हो । हेटौडा ६ गौरिटारमा रहेको घर भन्दा करीब १०० मिटर दक्षीणतर्फ बम विस्फोट भएको छ । 

हेटौडा उपमाहानगरपालीका ६ मा रहेको बाल जागृति स्कुल नजीकैको ईट्टाको थुप्रौमा सुतली बम बिष्पोट भएको हो । बम बिष्पोटबाट सामान्य क्षती भएको प्रहरीले जानकारी दिएको छ ।

घटना स्थल तर्फ टोली परीचालन गरीएको जिल्ला प्रहरी कार्यालय मकवानले जानकारी सिदएको छ ।  बम भए नभएको प्रहरीले भने पुष्टी गरिसको छैन । घर निर्माण ईटा थुपारीएको ठाउँबाट ठुलो आवाज आएको स्थानियले बताएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०