Monday, 15th June, 2026
वि.स.

हेटौंडामा करेन्ट लागेर आमा छोराको ज्यान गयो

नेपाल बिधुत प्राधिकरणको लापरबाहीका कारण १९ असाेजमा करेन्ट लागेर आमा छोराको मृत्यु भएको छ । विद्युत प्रवाह भईरहेको तार छिनेर बारीमा झर्दा पनि त्यसलाई व्यवस्थापन नगरेकाले आमा छोराको मृत्यु भएको हो ।

करेन्ट लागेर मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेवीमा दिउसो करेन्ट लागेर ५५ बर्षीया लेखमाया पराजुली र उनका २८ बर्षीय छोरा मदन पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए । उनीहरुको उपचारको क्रममा हेटौँडाको चुरेहिल हस्पिटलमा मृत्यु भएको हो ।

आमालाई करेन्ट लागेपछि बचाउन गएका छोरा मदन र बुहारी रेनुकालाई समेत करेन्ट लागेको थियो । घाइते बुहारी रेनुकाको उपचार भईरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । बिधुत प्रवाह भएको तार तत्काल व्यावस्थापन नगरेकै कारण दुईजनाको मृत्यु भएको स्थानीय प्रतक्ष दर्सीहरुले वताएका छन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०