Tuesday, 16th June, 2026
वि.स.

हेटौंडामा आजबाट होल्डिङ सेन्टर सञ्चालन हुँदै

holding-1591782389.jpg

जिल्ला समन्वय समिति मकवानपुरले हेटौंडा स्थित वन विज्ञान अध्यन संस्थानको भवनमा होल्डिङ सेन्टर आजबाट सञ्चालनमा ल्याउदै छ। भारतसंगै अन्य विभिन्न ठाँउबाट उद्धार गरिएका नागरिकलाई व्यवस्थित रुपमा स्थानिय तहसम्म जिम्मा लगाउनु पूर्व राख्नका लागि जिससको व्यवस्थापनमा हेटौंडामा होल्डिङ सेन्टर सञ्चालन गर्न लागिएको हो ।

जिससले व्यवस्थापन गर्ने गरि आजबाट १५ वटा सुत्ने बेडसहित करीब एकसय जनालाई होल्ड अर्थात रेष्ट गर्न मिल्ने गरि सेन्टर सञ्चालनमा आउने जिसस प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभएको छ । यसअघि जिल्लाका स्थानीय तहका प्रमुखरउपप्रमुखहरुसंग छलफल गरेर स्थानिय तहहरुकै आर्थिक रहयोग र सहकार्यमा होल्डिङ सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०