Monday, 23rd February, 2026
वि.स.

पालुङ जेसीजको २६औँ पदस्थापना 

FB_IMG_1770717081031-1770-1770792364.jpg

पालुङ जेसीजको २६औँ पदस्थापना एवम् पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । जेसीज हलमा आयोजित कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख गोपालीले युवाहरू नै राष्ट्र र समाजको भविष्य भएको उल्लेख गर्दै युवाको नेतृत्व क्षमता विकासमा पालुङ जेसीजले खेलेको भूमिकाको प्रशंसा गरे । उनले थाहा नगरपालिका सधैं युवामैत्री कार्यक्रम र गतिविधिमा सहकार्य गर्न तयार रहेको उल्लेख गरे । “युवाहरू सक्षम भए मात्र स्थानीय सरकार, समाज र देश बलियो बन्छ,” उनले थपे, “युवाको नेतृत्व विकासका लागि जेसीजसँग समन्वय र सहकार्य गर्न नगरपालिका सदैव तत्पर छ ।”

कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष माधव कार्कीले वर्ष २०२६ का लागि निर्वाचित अध्यक्ष सञ्जय गोपालीलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरेका  थिए । पालुङ जेसीजको साधारण सभाबाट वर्ष २०२६ का लागि अध्यक्षमा सन्जय गोपाली चयन भएका थिए । यसैगरी उपाध्यक्षमा बिश्वराम पौडेल, नविना बिष्ट, कमल बिष्ट र राधाकृष्ण लामिछाने चयन भएका छन् । कार्यकारी उपाध्यक्षमा अजय कार्की र प्रकाश चन्द ठकुरी चयन भएका थिए । अध्यक्ष गोपालीले महासचिवमा अन्जय प्रधान र कोषाध्यक्षमा उद्दव बिडारीलाई मनोनित गरेका छन् ।

सो अवसरमा वर्ष २०२५ मा पालुङ जेसीजका पदाधिकारीहरू तथा संस्थालाई सहयोग पु¥याउने विभिन्न संघ–संस्थाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०