Monday, 19th January, 2026
वि.स.
23...-1768204900.jpg

सुन्धारा कारागारबाट फरार थाहाका  वस्नेत पक्राउ

pakrau-1763530373.jpg

जेन–जी आन्दोलनको क्रममा काठमाडौंस्थित सुन्धारा कारागारबाट फरार भएका थाहा नगरपालिका–९ का  एक जनालाई ईलाका प्रहरी कार्यालय पालुङले मंगलबार पक्राउ गरेको छ ।

जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका मकवानपुर थाहा नगरपालिका–९ का ३२ वर्षीय भूपेन्द्र वस्नेतलाई प्रहरीले घरबाट नै पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पालुङले फरार कैदी बस्नेतलाई पक्राउ गरेर कैद असुली गर्न भीमफेदी कारागार पठाएको ईलाका प्रहरी कार्यालय पालुङकी प्रमुख रुक्सा बज्राचार्यले बताइन् ।

बस्नेतलाई काठमाडौं जिल्ला अदालतबाट लागुऔषध खैरो हेरोइन मुद्दामा ५ वर्ष कैद सजाय तोकेको थियो ।

यसैगरी लागु औषध मुद्दामा जिल्ला अदालत मकवानपुरले दोषी ठहर गरिएका फरार अभियुक्तलाई ५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्दामा २ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका हेटौंडा उपमहानगरपालिका—११ सुकुम्वासी टोलका ३६ वर्षीय सुरेश महर्जनलाई घरमै लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयन गर्ने र दोषीलाई सजाय दिने उद्देश्यले डाईजेपाम ओसार पसार गरेको अभियोगमा महर्जनलाई ५ वर्षअघि अदालतले दोषी ठहर गरेको थियो । तोकिएको कैद र जरिवाना असुली गर्नका लागि जिल्ला अदालत मकवानपुरले उनलाई क्षेत्रीय कारागार भीमफेदी पठाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०