nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा अनेरास्ववियु मकवानपुरले प्रधानमन्त्री देउवाको पुत्ला जलायो

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु मकवानपुरले  प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी पेट्रोलियम पद्धार्थमा मूल्य बृद्धीले बिद्यार्थीलाई परेको मार तथा निर्वाचन आयोगको कामकारबाहीप्रति असन्तुष्ट गरिएकोमा आन्दोलन गरेको थियो ।

१८ पौषमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका विद्यार्थी र प्रहरी बीच राजधानीको त्रिचन्द्र क्याम्पस परिसरमा झडप भएको होे। झडपमा अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलालगायत केही नेता कार्यकर्ता गम्भीर घाइते भएका थिए । सरकार गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा निर्वाचन आयोगको कामकारबाहीप्रति असन्तुष्ट रहेको अनेरास्ववियुका कार्यकर्ताको प्रदर्शनका क्रममा झडप भएको थियो ।प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।

सरकारले विधार्थी भावना बिचारलाई दमन गरि आन्दोलनलाई हिंसाको रुप लिएको भन्दै अनेरास्ववियु मकवानपुरले सरकारमा रहेको प्रधानमन्त्री देउवाको पुत्ला जलाएको हो।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)