Wednesday, 9th September, 2026
वि.स.

हेटौंडाबाट सर्लाही जाँदै गरेको कारको ठक्करबाट पाटे बाघको मृत्यु

pate-baag-1609567845.jpg

कारको ठक्करबाट पूर्वपश्चिम राजमार्गकोझ बारा-जितपुर खण्डमा पाटेबाघको मृत्यु भएको छ। जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा१६ च ८११ नम्बरको कारले शनिबार बिहान ठक्कर दिएको हो। 

बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार हेटौंडाबाट सर्लाही जाँदै गरेकाे कारले  जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगलमा बाघलाई ठक्कर दिएको हो।

कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको पंगेनीले बताए।