nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडाकी सोनु उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

उपचार खर्च तिर्न नसक्दा मकवानपुरको बसामाडीकी २६ वर्षीया सोनु तामाङ एकमहिने छोरीसँगै अस्पतालमा बन्धक छिन् । गत जेठ ३० मा जन्मिएकी छोरी रेचेनलाई ज्वरोले सताएको थियो ।

गाउँकै स्वास्थ्य संस्थामा उपचार गराएर औषधि खुवाइरहेकी थिइन् ।असार १७ को बेलुकी दूध खुवाउन खोज्दा शरीर लल्याकलुलुक भयो । परिवारले धामीझाँक्री लगाए । सन्चो हुने छाँट नदेखिएपछि रातारात हेटौंडा अस्पताल, भरतपुर हुँदै काठमाडौं ल्याइयो ।‘बच्चा साह्रै भइसकेकाले भरतपुरमा डाक्टरले भेन्टिलेटर र अक्सिजन भएको एम्बुलेन्स खोज्न भने, के पर्खिने भनेर काठमाडौं ल्यायौं,’ तामाङले भनिन् ।विपन्न तामाङ परिवार यतिका रकम तिर्न सक्ने क्षमताका छैनन् ।

डाक्टरले सस्तो शुल्कमा उपचार हुने कान्ति बाल अस्पताल लैजान भनिसकेका छन् । अस्पतालले रिफरल पत्र पनि दिइसकेको छ । डाक्टर बेलाबेला सोनुलाई बच्चा कान्ति लैजाने कि घर लैजाने भनी सोधिरहन्छन् ।

‘सुरुमा राम्रो अस्पताल भनेर ल्यायौं तर खर्च गर्न हैसियतले भ्याएन, डाक्टरले जाऊ भनेर पनि जान सकिएको छैन,’ उनले दुखेसो पोखिन् ।एम्बुलेन्सले राम्रो भनेर महाराजगन्जको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा ल्याइदियो । अस्पतालमा राखेको झन्डै एक महिना भयो । ल्याएदेखि नै छोरी भेन्टिलेटरमा आईसीयूमा छिन् ।

उपचारमा चार लाख रुपैयाँ लागिसकेको छ ।सोनुका पति ९ महिनादेखि रोजगारीका लागि बहराइनमा छन् । त्यहाँ न्यून तलबमा काम गरिरहेका उनलाई ‘डिस्चार्ज’ खर्च जुटाउन सम्भव छैन । ‘दुई महिनामा २४ हजारजति पैसा आउँछ, घरमा केही छैन, बच्चालाई टपक्कै टिपेर निस्कने अवस्था छैन,’ सोनुले भनिन् । उनले डिस्चार्ज गर्न सहयोग रकम संकलनका लागि आह्वान गरेकी छन् ।- कान्तिपुरको सहयोगमा