Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडका व्यापारी हिरालाल साह पक्राउ

हेटौंडका व्यापारी हिरालाल साहलाई प्रहरीले पक्राउ गरेको छ । 

कमतौल चामलको बोरा बिक्री गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । संयुक्त बजार अनुगमन समितीले अनुगमन गर्दा साहको पसलमा कम तौलको चामलको बोरा बिक्री भएको पाईएको थियो ।

बजार अनुगमन समितीको प्रतिबेद अनुसार क्षेत्रीय खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यलयलाई  कारबाहीको लागि पत्राचार गरेको थियो । जिल्ल प्रशासन कार्यलयको लिखीत  आदेशकै आधारमा साहलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरिक्षक विकासराज खनालले  जानकरी दिनुभयो ।