Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौँडा अस्पतालमा १५ गतेबाट ७ शैयाको आइसियु सञ्चालन हुदै

ICU-1606543481.jpg

मकवानपुरको हेटौँडामा रहेको एकमात्र सरकारी अस्पतालको रुपमा हेटौँडा अस्पतालमा मंसिर १५ गतेबाट आइसियु सेवा सञ्चालन हुने भएको छ । अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलका अनुसार मंसिर १५ बाट सात शैयाको आइसियु तथा १० शैयाको एचडियु सेवा सञ्चालन हुँदै छ ।

 आइसियुको अभावमा अस्पतालमा उपचारको लागि आएका विरामिहरुलाई रिफर गर्ने गरिएको थियो ।आइसियु तथा एचडियु सेवा शुरुवात भएपछि अस्पतालमानै रहेका विभिन्न अप्रेसनहरु समेत गर्न सकिने अध्यक्ष पौडेलले बताए । आइसियुको अभावमा सामान्य अप्रेसन समेत गर्न नसकिने समस्या झेल्दै आएको अस्पताललाई यो समस्याबाट मुक्ति मिलेको उनले बताए ।