Sunday, 26th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौँडालाई प्रदेशको राजधानी बनाउन पौडेललाई स्थानीयको आग्रह

dormani-poudel-1511266140.JPG

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ (ख) मा वाम गठवन्धनका उम्मेद्वार डोरमणी पौडेललाई हेटौँडा ४ का स्थानीयहरुले हेटौँडालाई प्रदेशको राजधानी बनाउनको लागि पहल गर्न आग्रह गरेका छन् । हेटौँडालाई नेपालभर चिनाउन उत्कृष्ट काम गरेको भन्दै स्थानीयहरुले अब हेटौँडालाई प्रदेशको राजधानी बनाउनकोलागि पनि उत्तिकै पहल गर्नको लागि स्थानीयहरुले आग्रह गरेका हुन् ।

हेटौँडा ४ को हुप्र चौर, शितलमहल चोक सहितको स्थानहरुमा आज भएको घरदैलो कार्यक्रममा पौडेललाई स्थानीयहरुले स्वागत गरेका थिए । पौडेल मेयर भएको समयमा हेटौँडाको बृहत्तर विकास भएको र नेपालमानै हेटौँडालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको भन्दै घरदैलोको क्रममा स्थानीयहरुले पौडेलले यो पटक प्रदेशमा अत्याधिक बहुमतले जिताउने भनाई ब्यक्त गरे ।

घरदैलोमा एमालेको तर्फबाट प्रदेशसभामा समानुपातीक उम्मेद्वार जुनेली श्रेष्ठ, हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, हेटौँडा ४ का वडा अध्यक्ष नविन सिग्देल, क्षेत्र नंबर १ प्रदेश (ख)का निर्वाचन परिचालन कमिटि सहसंयोजक वालकृष्ण चौलागाई, विष्णु ओझा, गोमा तिमल्सिना, लवराज ठकुरी लगाएतको सयौँ कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०