Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौँडामा नेविसंघको प्रदर्शन

आप्mना नेता रवीन्द्र शाहको हत्याको विरोधमा नेपाल विद्यार्थी संघ मकवानपुरले १७ चैत्रमा विहान विरोध प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघ मकवानपुरले सघंका पूर्वकेन्द्रीय सदस्य जाजरकोटका रवीन्द्र शाहको मङ्गलबार राति जाजरकोट सदरमुकाम नजिक चार–पाँचजनाको समूहले हत्या गरेका विरोधमा हेटौडामा विरोध प्रदर्शन गरेको हो ।

मकवानपुर बहुमखी क्याम्पस, वन बिज्ञान क्याम्पस र हेटौडा क्याम्पसबाट संयक्तरुपमा निकालिएको विरोध जुलुस हेटौडाको कांग्रेस चोक, हेडम्बी  चोक, बुद्घ चोक हुँदै सीमा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै संघका जिल्ला अध्यक्ष राजु खतिवडा शिवले शाहको समकालिन राजनीतिलाई धमिल्याउने प्रयासमा कायरतापूर्ण अमानवीय तरिकाले हत्या गरिएको र मानव अधिकारको विरुद्घ भएको भन्दै हत्यारालाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरे । 

कार्यक्रममा संघका जिल्ला उपाध्यक्ष लक्ष्मण पौडेल, जिल्ला सदस्य रोहित थापा, कविता बर्तौला, रञ्जन कालाखेती, ३ नम्बर क्षेत्र क्षेत्रीय सभापति सुभाष सापकोटा, नेविसंघ नेता सुदिप वर्तौला, वन बिज्ञान क्याम्पसका ईकाई सभापति पंकज ठाकुर र स्ववियु सभापति हेमचन्द्र जोशी, हेटौंडा क्याम्पस ईकाई सभापति मणिलाल स्याङतान्, मकवानपुर बहुमखी क्याम्पसका ईकाइ सभापति उमेश स्याङ्गतानलगायकाले सम्बोधन गरेका थिए । 

केन्द्रको निर्णय अनुसार विरोध जुलुस प्रदर्शन गरिएको र शुक्रबार हत्यारालाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने नेबिसंघ जिल्ला अध्यक्ष खतिवडाले बताए ।