nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौँडामा खुल्यो कपडा बैंक, गरिव विपन्नलाई निशुल्क वितरण

हेटौंडाको हुप्राचौरमा शनिवारदेखि कपडा बैंक सञ्चालनमा आएको छ । हेटौंडा युवा अभियानको आयोजना तथा रिलाइन्स इङलिस सेकेण्डरी बोर्डिङ स्कुलको सौजन्यमा क्लोथ बैंक सञ्चालनमा आएको हो । अभियानको आयोजनामा युवाहरुको एक समूहले पुराना लुगा संकलन गरेर विपन्न र गरिवलाई वितरण गरिने काम सुरु गरेका हुन् । 

हाम्रो लागि ठिक नभएको लुगा अरुको लागि नयाँ हुन सक्छ भन्दै उनीहरुले लुगा संकलन गरेर लुगा नभएका व्यक्तिहरुलाई वितरण गरिने उद्देश्य राखेको जनाएका छन् ।
शनिबारमात्रै १० जनाले लुगा लिएर गएका छन् । विभिन्न उमेरका बालबालिका र वृद्धहरुका लागि लुगा राखिएको र चप्पलहरु समेत राखिने लक्ष्य रहेको युवा अभियानका अध्यक्ष शाकार शिवाकोटीले बताए । शनिबारदेखि हेटौंडा ४ हुप्राचौर गेटस्थित सञ्चालनमा आएको उक्त बैंक एक फलामको सानो घरजस्तोमा कपडाहरु झुण्डाईएको छ ।