Monday, 15th June, 2026
वि.स.

हिमालयन बोर्डिङको अनलाइन नतिजा प्रकाशन [नतिजा हेर्ने तरिका सहित]

थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको हिमालयन इङ्लिस बोर्डिङ स्कूल ले १९ वैशाखमा नतिजा प्रकाशन गरेको छ । विद्यालयले शैक्षिक सत्र २०७६ को नर्सरीदेखि ९ कक्षासम्मको नतिजा प्रकाशन गरेको हो ।

विद्यालयले विद्यालयमा औपचारिक कार्यक्रम बिना नै अनलाइन मार्फत नतिजा प्रकाशन गरेको विद्यालय संयोजक संगम कार्कीले जानकारी दिए । कोरोना भाइरसबाट सर्ने कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण नतिजा प्रकाशन कार्यक्रम स्थगित भएको थियो । 

कसरी हेर्ने बालबालिकाको नतिजा ?

हिमालय बोर्डिङ स्कूलको विद्यालय एप्लीकेशन सबैभन्दा पहिले आफ्नो मोबाइलमा डाउनलोड गर्नु पर्छ । हिमालयन बोर्डिङ स्कूलको विद्यालय एप्लीकेशन आफ्नो एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गई Shree Himalayan English Secondary Boarding School, Shikharkot टाइप गरेर सजिलै फेला पार्न सकिन्छ ।

एप्लीकेशन डाउनलोड गरेपछि सबैभन्दा पहिलो खोल्नु पर्छ । एप्लीकेशनको विभिन्न मेनु मध्ये रिजल्ट मेनुमा क्लिक गर्ने । त्यसपछि बारकोड स्क्यान अप्सन आउँछ । अब यसपछि आफ्नो बालबालिकाको परिचयपत्र आवश्यक पर्छ । तपाइको बालबालिकाको परिचय पत्रमा रहेको बारकोड स्क्यान गरेपछि अभिभावकको विवरणसहित बालबालिकाको फोटो समेत एप्लीकेशनमै देख्न सकिन्छ । यति गरेपछि पुनः रिजल्ट मेनुमा क्लिक गरेर आफ्नो बालबालिकाको नतिजा घरैमा बसेर मोबाइलमै हेर्न सकिनेछ । 

लकडाउनका बेला आफ्नो बालबालिकाको नतिजा हेर्न विद्यालयले निकै सजिलो बनाएको छ ।  

एप्लीकेशन डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहोस ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०