nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

हिउँ चितुवाको छाला सहित थाहानगरका एकजना पक्राउ

हिउँ चितुवाको छालासहित मकवानपुरको थाहा नगरपालिका– १ स्थित ओखरबजारबाट एकजना पक्राउ परेका छन् । वन्यजन्तुको छाला बिक्री भइरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक बिरेन्द्र कुमार पासवानको नेतृत्वमा खटिएको टोलीले थाहा नगरपालिकार–८ का ४२ वर्षीय संजिव थापालाई पक्राउ गरेको हो ।

हिउँ चितुवाको छाला चौध लाख रुपियाँमा बिक्रि गर्नको लागि ग्राहक खोजिरहेको अवस्थामा थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
थापाको शरिर खानतलासी गर्दा पिठ्युमा बोकेको झोला भित्र प्लाष्टिकको बोरामा ६ फिट लम्बाई र १ फिट ६ ईन्च चौडाई भएको हिउँ चितुवाको छाला फेला परेको र उनलाई आवश्यक कारवाहीको लागी जिल्ला बन कार्यालय मकवानपुरमा पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।