nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हाँस्य कलाकारले दिए भूकम्पपीडितलाई सिंगै बस्ती

Hastantaran-1477642723.jpg

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा सिन्धुपाल्चोकको गिरानचौरमा निर्मित नमूना बस्ती स्थानीयवासीलाई हस्तान्तरण गरिएको छ । ११ कात्तिकमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बस्तीको साँचो गिरानचौर बस्ती व्यवस्थापक रामबहादुर तामाङलाई हस्तान्तरण गरिन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-८ स्थित गिरानचौरका तामाङ समुदायको बस्ती गत वर्षको वैशाख १२ गते आएको महाभूकम्पले खण्डहर बनाएको थियो । हास्यकलाकार जोडी सिताराम कट्टेल ९धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले गत वैशाख १२ गतेबाट बस्ती पुनर्निर्माण अघि बढाएका थिए । ६ महिनामा बस्तीको पुनर्निमाण सम्पन्न भएको छ । बस्ती निर्माणमा पाँच करोड रुपैयाँभन्दा बढी खर्च भएको छ ।