Friday, 11th September, 2026
वि.स.

हस्तक्षेप मुक्त मुलुक बनाउन वाम सरकार आवश्यक : दाहाल

वाम गठवन्धन मकवानपुरको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहालले वाह्य हस्तक्षेप मुक्त मुलुक निर्माणको लागि वाम सरकार आवश्यक रहेको बताएका छन् । एमाले र माओवादी केन्द्रको संयुक्त सभालाई आज पुर्वी मकवानपुरको राईगाउँमा संवोधन गर्दै दाहालले मुलुको विकासको लागि अब्यवाहरिक वाह्य हस्तक्षेप हानिकारक भएको बताए । मुलकले ७० वर्षको राजनीतिक अस्थिरताबाट पाठ सिकेकै कारण मुलुकलाई समृद्धि र विकासको लागि वाम एकता भएको बताए । 

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ (क) का उम्मेद्वार प्रेमबहादुर पुलामीले वाम सरकारविना नेपालमा स्थायित्व नहुने बताए । वाम सरकार नेपालको आवश्यक्त रहेको भन्दै आउँदै गरेको निर्वाचनमा वाम उम्मेद्वारलाई अत्याधिक बहुमतले विजयी बनाउन आग्रह गरे । 

वाम गठवन्धनकी सुनिता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका प्रदेश नंबर ३ सदस्य रामचन्द्र राई, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार छत्र पहरी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का निर्वाचन परिचालन कमिटि संयोजक बद्री लम्साल, सह संयोजक भीम पाख्रीन, प्रदेशसभा संयोजक कमानसिह पाख्रीन, सहसंयोजक कमल विष्ट, एमाले नेताहरु अणराज जर्गा, पद्मा पौडेल, माओवादीका विवेक राई, प्रमिला पुलामी सहितका नेताहरुको उपस्थिती रहेको थियो । भेलामा विभिन्न पार्टी परित्याग गरि एक सय भन्दा धेरै कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०