Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हर्नामाडी काँग्रेसको चुनावी समिक्षा

4567-1501115171.jpg

नेपाली काँग्रेस हेटौंडा १८ हर्नामाडीले ११ साउनमा स्थानीय तह निर्वाचनको समिक्षा एवं कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । हेटौंडा १८ चुनाव प्रचारप्रसार समितिका संयोजक हरेराम बानियाँको सभाध्यक्षता एवं जिल्ला सदस्य रामबाबु बानियाँको प्रमूख आतिथ्यतामा समिक्षा एवं कार्यकर्ता भेटघाट कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमूख अतिथि बानियाँ, विशिष्ट अतिथि नगर सभापति एवं नगर प्रमूखका प्रत्यासी आनन्दराम पराजुली, कार्यक्रमका सभापति बानियाँ, १८ नम्बर वडाका वडा अध्यक्षका प्रत्यासी दिलबहादुर सुवेदी, क्षेत्रीय सदस्य गोपाल न्यौपाने, पुरुषोत्तम अधिकारी, तरुण दल वडा अध्यक्ष अशोक गौतम, शिक्षक संघका निवर्तमान कोषाध्यक्ष गाविन्द पोखरेलले चुनावको परिणाम र भावी रणनीति बारे बोलेका थिए ।

समिक्ष एवं कार्यकर्ता भेटघाट कार्यक्रममा १८ नम्बरका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ, नगर सदस्य काजिमान थिङ, महिला संघ जिल्ला सदस्य पवित्रा बानियाँ, पूर्व सभापतिहरु कृष्णप्रसाद नेपाल, बालकृष्ण सापकोटा, नेविसंघ जिल्ला कोषाध्यक्ष विनोद घिमिरे, रामबहादुर घलानलगायत १०० भन्दा बढी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।