Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

हराए लालसेना, बिलाए सपना

Jum-1615085399.jpg

जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे । काँधमा बन्दुक, झोलामा बस र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे । 

समृद्ध नेपालको सपना बोकेको हुँकार दिन्थे । मरे मृत्यु र बाँचे मुक्तिका कुरा गर्थे । लाग्थ्यो अब नेपाल बन्न समय लाग्दैन । सबैले साथ दिनुपर्छ । नेपालको विकास लालसेना बनाएको नेकपा माओवादीले मात्र गर्न सक्छ । 

नेकपा माओवादीका कार्यकर्ताले दुर्गम क्षेत्रको विकास गर्ने, शिक्षामा विभेद नहुने, जातीय विभेद अन्त्य हुने, धनी गरिब समान हैसियतको हुने र उतिबेलाका लालकिल्ला जिल्ला सदरमुकाम बनाउनेदेखि कम्युन स्थापना गरेर साझा सम्पत्तिका रुपमा स्थापित गर्ने सपना बोकेका थिए । तर जब माओवादी शान्ति प्रक्रियामा आएर सरकारमा पुग्यो, तब ती सपना साकार हुन सकेनन् । बेकार बने । 

स्थानीय धनबहादुर रोकाया माओवादी कालमा बोकिएका कुनै पनि सपना साकार हुन नसकेको बताउँछन् ।

-यो समाचार नागरिक दैनिकमा डिबी बुढाले लेखेका छन् । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०