Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्वास्थ्यमन्त्री पोखरेलको नाममा छैन अचल सम्पत्ती  

स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले आफ्नो नाममा कुनैंपनी अचल सम्पत्ती नरहेको प्रष्ट पार्नुभएको छ । केही बैंक मौजाद तथा सञ्चार सामाग्री र सामान्य अत्यावश्यक फर्निचरहरु मात्रै रहेको मन्त्री पोखरेलले जानकारी दिए । २३ भाद्रमा सम्पत्ती विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले आफ्नो व्यक्तिगत नाममा कुनैं पनि अचल सम्पती नरहेको उल्लेख गरे । उनले सम्पत्ती भनेकै आम सर्बसाधारण जनता भएको बताए । 

मन्त्री पोखरेलले आफ्नो सम्पती विवरण प्रधानमन्त्री कार्यालयमा बुझाए । मन्त्री पोखरेलको सम्पती विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता नम्बर ३१५७ नम्बरमा दर्ता भएको छ ।  

स्वास्थ्य मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण अनुसार आफ्नो नाममा एभरेष्ट बैङ्क लिमिटेड पुल्चोक शाखामा आठ लाख १५ हजार दुइसय ६७ रुपैया ७१ पैसा र नेपाल बंगलादेश बैङ्क कमलादी शाखामा १३ हजार नौ सय ९३ रुपैया ८० पैसा बैंक मौज्दात रहेको उल्लेख गरिएको छ । उक्त रकमको प्राप्तीको श्रोत संविधानसभा सदस्य, मन्त्री तथा व्यववस्थापिकाको प्रमुख सचेतकको रुपमा रहँदा प्राप्त पारिश्रमिक हो । मन्त्री पोखरेलको बुबाको नाममा खोटाङ्ग जिल्ला लामीडाँडा गाउँपालिका २ मा २३ रोपनी जग्गा रहेको छ । जुन सम्पत्ति पैत्रिक सम्पत्तिको रुपमा रहेको छ । उक्त जग्गा मध्ये मन्त्री पोखरेलको अंशमा पर्ने जग्गा कनककुमारी स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको छ ।  

यस्तै स्वास्थ्य मन्त्री पोखरेलले खोटाङ्गस्थित रुपाकोट सामुदायीक रेडियोमा पाँचहजार रुपैया शेयर रहेको सम्पती विवरणमा उल्लेख गर्नुभएको छ । मन्त्री पोखरेल संग दुईवटा ल्यापटप, डिजिटल क्यामरा, कम्युटर प्रिन्टर, डेस्कअप कम्युटर, भिडियो क्यामरा र केही फर्निचरका समानहरु रहेका छन् । उक्त सामाग्री संविधानसभाको सदस्य रहँदा र मन्त्री हुदाँ प्राप्त पारिश्रामिकबाट खरिद गरिएको मन्त्री पोखरेलले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)