nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्ववियु निर्वाचन प्रक्रिया सुरु

images-cms-image-00001568-1487765523.jpg

त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा बुधबारदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु हुँदै छ। निर्वाचन कार्य तालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी गराए।

उनका अनुसार निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्ने छन्। स्ववियु निर्वाचनको मिति फागुन १८ गते सारिएपछि नयाँ कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया सुरु भएको हो। 

प्रक्रियाअनुसार नै निर्वाचनमा सहभागी विद्यार्थी सङ्गठनले आजसम्म क्याम्पस निर्वाचन समितिमा सङ्घ सङ्गठन दर्ता पनि गराउने अन्तिम समय तोकिएको छ। उप्रेतीले आजदेखि सुरु हुने स्ववियु निर्वाचन प्रक्रियामा सबै विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा सहभागी जनाउने विश्वास व्यक्त गरे। 

निर्वाचन प्रक्रिया अनुसार फागुन १२ गते प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको मनोनयनपत्र वितरण गरिने, १४ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने र १५ गते उम्मेदवारको अन्तिम नामावाली प्रकाशन गर्ने तथा फागुन १८ गते मतदान तोकिएको छ। 

यसअधि त्रिविले फागुन १४ गतेदेखि हुने निर्वाचनको लागि फागुन १ गतेदेखि निर्वाचन प्रक्रिया सुरु गरेको थियो। त्रिविमा यसपटक आठ वर्षपछि स्ववियु निर्वाचन हुन थालेको हो ।