nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्ववियु चुनाव नतिजाः क्रान्तिकारी प्यानल अघि

DSC01197-1488362447.JPG

स्वतन्त्र विद्यार्थी युनियन पालुङ बहुमुखी क्याम्पसको मत गणना संचालन भइरहेको छ । मत गणना अनुसार अहिलेसम्म अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र नयाँ शक्तिको संयूक्त प्यानलबाट सभापतिका उमेद्वार गणेश खत्रीको १६ र नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेसको संयूक्त प्यानलबाट सभापतिको उमेद्वार मुकेश गोलेले ३८ मत प्राप्त गरेका छन् । 

मुकेश गोले प्यानलको सचिव संजिता गोपालीको ३३, कोषाध्यक्ष कविता विष्टको ३६, सदस्य आयुष विकको ३६ सदस्य रजनी कार्कीको ३७ र ललिताकुमारी अर्यालको ३४ मत छ । 

त्यस्तै गणश खत्री प्यानको सचिव कमल विष्टको २१, कोषाध्यक्ष कृति लोको १६, सदस्य सुस्मिता ढकालको १७, सदस्य विकेश गोपालीको २० र सरस्वती लामाको १९ मत छ ।
१८ फागुन विहान भएको  निर्वाचनमा ९६ मत खसेको छ । १८ फागुनमा विहान साँढेसात बजेबाट शुरु भएको मतदान ११ बजेसम्म भएको थियो । 

पालुङ बहुमुखी क्याम्पसमा १०२ मतदाता रहेका थिए ।