Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्ववियुको निर्वाचन पाँच दिन पछि सार्ने नेताहरुबीच सहमति

timthumb-1487232003.jpg

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन पाँच दिन पछि सार्ने प्रमुख दल निकट विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ ।

प्रमुख विद्यार्थी संगठन र आन्दोलनरत विप्लव माओवादी निकट विद्यार्थी संगठनका नेताहरुको ५ फागुन बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो ।

४ फागुनमा बसेको कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठकले निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । तर, त्यसको भोलिपल्टै तिनै दल निकटका विद्यार्थी नेताहरुले विप्लव माओवादी निकट विद्यार्थी संगठनसँग चुनावको मिति पछि सार्ने सहमति गरेका हुन् ।