nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्मार्टफोनको ब्याट्रीको आयु बढाउने १० काइदा

smp-1617959480.jpg

कुनैपनि स्मार्टफोनमा त्यसको ब्याट्री सबैभन्दा महत्वपूर्ण तथा सर्वाधिक दुरुपयोग हुने पाटपुर्जा हो भन्दा फरक नपर्ला । धेरैको गुनासो हुने गर्दछ, नयाँ स्मार्टफोन किनेको धेरै समय भएकै छैन, तर ब्याट्रीको चार्ज टिक्दै-टिक्दैन ।

स्मार्टफोनको ब्याट्रीलाई कसरी टिकाइराख्ने भन्ने कुरा तपाई आफ्नो स्मार्टफोनलाई कसरी प्रयोग गर्नुहुन्छ र अझ कसरी चार्ज गर्नुहुन्छ भन्ने कुरामा समेत निर्भर हुन्छ । यदि तपाईआफ्नो स्मार्टफोनको ब्याट्री लाइफ बढाउन चाहनुहुन्छ भने केही यस्ता काम छन्, जो तपाईले गर्नुपर्ने हुन्छ :

१. ब्याट्रीको चार्ज २० प्रतिशत भन्दा तल झर्न नदिनुस् : जब तपाईको स्मार्टफोनको ब्याट्री लेभल २० प्रतिशतभन्दा तल झर्छ, तब चार्ज गर्न थालिहाल्नुहोस् । ब्याट्रीको चार्ज पूर्णरुपमा रित्ताएर मात्र चार्जमा जोड्ने काम नगर्नुहोस् ।

२. रातभर चार्जमा छाड्ने र ओभरचार्ज गर्ने नगर्नुहोस् : अधिकांश फोनहरु अधिकतम ९० मिनेट भित्रमा फुलचार्ज हुन्छन् । त्यसैले रातभर स्मार्टफोनलाई चार्जमै छाडेर सुत्‍नु फोनका लागि हानिकारक हुन्छ । ओभरचार्ज गर्दा पनि ब्याट्री छिटै बिग्रिने जोखिम हुन्छ ।

३. सधै शतप्रतिशत चार्ज नगर्नुस् : फोन चार्ज गर्दा फुल चार्ज गर्नुभन्दा ९० प्रतिशत ब्याट्री लेभल पुगेपछि चार्जरबाट निकाल्नु उपयुक्त हुन्छ । यसले ओभर चार्जिङ हुनबाट जोगाउँछ र ब्याट्री लाइफमा नकारात्मक असर पार्दैन ।

४. स्लो चार्जिङ तथा कम वाटको चार्जर प्रयोग नगर्नुस् : हुन त आफ्नो स्मार्टफोन छिटै चार्ज होस् भन्ने सबैको इच्छा हुन्छ र सजिलो पनि हुन्छ । तर स्मार्टफोन चार्ज गर्नका लागि सधै फास्ट चार्जिङ एडाप्टर प्रयोग गर्नु फाइदाजनक हुँदैन । सामान्य ५ वाटको एडाप्टर प्रयोग गर्दा स्मार्टफोन पूरा चार्ज हुन समय लाग्न सक्दछ तर त्यो ब्याट्रीको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

५. पावर सेभिङ्ग मोड प्रयोग गर्नुस् : स्मार्टफोनको पावर सेभिङ्ग मोड केवल फोनमा ब्याट्री चार्ज सकिन लागेको बेला मात्र प्रयोग गर्ने फिचर होइन । जब तपाईस्मार्टफोनमा गेम खेलिरहनु भएको छैन वा कुनै मल्टिटास्किंग गरिरहनु भएको छैन भनेपनि पावर सेभिङ्ग मोड प्रयोग गर्नु उपयुक्त हुन्छ ।

६. आवश्यकता नपर्दा वाइफाइ र ब्लुटुथ बन्द गर्नुस् : ब्याट्री उच्च खपत गर्ने गर्छन्, वाइफाइ र ब्लुटुथले । फोनमा वाइफाइ र ब्लुटुथ सधैँ चालु राख्ने गर्दा त्यसले दीर्घकालमा ब्याट्रीमा असर पर्दछ ।

७. वायरलेस रिभर्स चार्जिङ प्रयोग नगर्नुस्  : एयरबड्स लगायतका अन्य डिभाइसहरु चार्ज गर्नका लागि स्मार्टफोनको वायरलेस रिभर्स चार्जिङ फिचर धेरै प्रयोग गर्नु स्मार्टफोनको ब्याट्रीका लागि राम्रो मानिँदैन । यसले फोनको ब्याट्री लाइफमा नकारात्मक असर पार्दछ । त्यसैले अति नै आवश्यक परेको बेलामा मात्र रिभर्स चार्जिङ फिचर प्रयोग गर्नुहोस् ।

८. कमसल चार्जर तथा चार्जिङ केबल प्रयोग नगर्नुस् : आफ्नो स्मार्टफोन चार्ज गर्दा स्मार्टफोनसँगै आएको चार्जर वा सम्बन्धित आधिकारिक चार्जर वा चार्जिङ केवल मात्र प्रयोग गर्नुपर्दछ । स्मार्टफोन चार्ज गर्नका लागि जथाभावी कमसल चार्जिङ एडाप्टर वा केबल प्रयोग गर्दा त्यसले ब्याट्रीमा नकारात्मक असर पार्दछ । त्यसले ब्याट्री तात्ने वा असन्तुलित चार्जिङ हुने जोखिम पनि रहन्छ ।

९. कमलस पावर ब्यांक प्रयोग नगर्नुस् : स्मार्टफोन चार्ज गर्नका लागि पावर ब्यांक प्रयोग गर्दा त्यसको पावर रेटिङ्ग तथा ब्राण्डमा विशेष ध्यान दिनुहोस् । कमसल गुणस्तरको पावर ब्यांक आफ्नो स्मार्टफोनमा नजोड्नुहोस् ।

१०. अनावश्यक एप हटाउनुस् : स्मार्टफोनको ब्याट्री लाइफमा सुधार गर्नका लागि अनावश्यक तथा प्रयोगविहीन एपहरु स्मार्टफोनबाट हटाउनुहोस् । साथै खासै प्रयोगमा नआउने एपहरुका लागि ब्याकग्राउण्डमा आफैँ अपडेट हुने एप, रिफ्रेस फिचर पनि बन्द गरिदिनुहोस् ।

एजेन्सीको सहयोगमा



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)