nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

जनैपूर्णिमामा महत्वका साथ खाइने क्वाँटी बनाउने तरिका हेर्नुहोस्

Kwati-1565782530.jpg

रक्षाबन्धन अर्थात् जनैपूर्णिमाका दिन हिन्दु धर्मावलम्बीमा क्वाँटी खाने प्रचलन छ । यद्यपि, स्वास्थ्यका दृष्टिकोणले क्वाँटी निकै राम्रो मानिन्छ ।

दिष्ट क्वाँटी बनाउने तरिका यस्तो छ

– गेडागुडीलाई एकदेखि २ दिनसम्म भिजाउने,
– भिजाएको गेडागुडीलाई कुकरमा पाक्ने गरी बेसार हालेर उसिन्ने,
– डेक्चीमा आवश्यकताअनुसार पानी उमाल्ने,
– पानी उम्लिएपछि उसिनेको गेडागुडी राख्ने अनि नुन, जिराको धुलो, खुर्सानीको धुलो, अदुवा र लसुन राख्ने,
– क्वाँटीलाई सानो आगोमा १०–१५ मिनेट उमाल्ने,
– त्यसपछि तेल र घिउ ज्वानो राखेर झान्ने र धनियाँ राख्ने,
– यसरी पकाएको क्वाँटीलाई मासु वा सानो रोटी राखेर पनि खान सकिन्छ ।