nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

तीन दिनसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविदको आग्रह

34450116_l_large-1565498031.jpg

 जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानहरुमा सामान्य बदली भइ भारी वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाका अनुसार आगामी तीन दिनसम्म नै मौसम बदली हुनेछ । आगामी २४ घण्टा देशका केही स्थानमा मेघ गर्जनसहित वर्षा र चट्याङ पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

पहाडी क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र चुरेबाट बहने नदीमा आकस्मिक बहावको सम्भावना रहेकोले सतर्क हुन पनि आग्रह गरिएको छ । सडक यातायातमा पनि पहिरो र भूक्षयको खतरा रहेको पूर्वानुमान महाशाखाको भनाइ छ ।

स्रोतः न्युज २४