nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आज बकर इद विश्वभर मनाईंदै, प्रदेश १, २ र ५ मा सार्वजनिक बिदा

जज-1565575241.jpg

धर्मावलम्बीहरुको महान चाड बकर इदको अवसरमा प्रदेश १, २ र ५ ले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । धर्मावलम्बीहरुको महान चाड बकर इद आज विश्वभर धुमधामका साथ मनाईंदै छ । रमजान अर्थात इदउलफित्र पछिको मुस्लिमहरुको यो दोस्रो ठूलो चाड हो । रमजानको ७० औं दिनमा मनाइने यो पर्वमा अल्लाहलाई खुशी राख्न मुस्लिम समुदायले धर्मअनुसार जायज मानिएका जनावरलाई बली दिने चलन पनि रही आएको छ ।

बली दिइएका पशुको मासु तीन भाग लगाई एक भाग गरीबलाई, अर्को भाग आफना इष्टमित्रलाई, र तेस्रो भाग आफै खाने धार्मिक मान्यता छ ।बकर इद मनाउन आज बिहानैदेखि मुस्लिम समुदायहरु मस्जिदमा भेला भएका छन् । बकर इदको उपलक्षमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताले शुभकामना व्यक्त गरेका छन् । विभिन्न समुदायका चाडवाड, रितिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने नेताहरुको शुभकामनामा उल्लेख छ ।