Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थिर सरकारका लागि बाम गठबन्धन– खतिवडा
थाहानगरमा बाम गठबन्धनको संयुक्त वृहत्त भेला

अबको चुनाव जित्नका लागि मात्र नभएर बाम गठबन्धनको पाँच वर्षे स्थिर सरकारको लागि भएको नेकपा एमालेका नेता विरोध खतिवडाले बताएकाछन् । बाम गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनीधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उमेद्वार खतिवडाले यस्तो बताएका हुन् ।  बाम गठबन्धनको आयोजनामा थाहानगरको जेसीज सभाहलमा २४ कार्तिकमा भएको वृहत्त भेलामा उमेद्वार खतिवडाले यस्तो बताएका हुन् । 

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका उमेद्वार खतिवडाले मुलुकमा पटक–पटक बहुमत ल्याएर पनि राष्ट्र र जनताको हितमा काम गर्न नसकेको काँग्रेस अब पाखा लाग्ने ठोकुवा गरे । खतिवडाले भने–‘जनताले ल्याएको बहुदलीय व्यबस्था राजालाई किस्तीमा राखेर बुझाउने नेपाली का“ग्रेसले कहिल्यै जनहितमा काम गर्नै सक्दैन ।’ विकासले गति लिनको लागि र राष्ट्रिय स्वाभिमान रक्षा गर्न अब बाम गठबन्धनले चुनाव लगतै बहुमतको सरकार बनाउने उनले दाबी गरे । उमेद्वार खतिवडाले बाम गठबन्धनका उमेद्वारलाई ढुक्क भएर मतदान गर्न आग्रह गर्दै संविधान कार्यान्वयन अब एमाले र माओवादीबाट मात्र संभव भएको उललेख गरे । बाम गठबन्धन चुनावका लागि मात्र नभएर पार्टी एकीकरण सम्मको लागि भएको उनको भनाइ थियो । 

थाहानगरमा वृहत्त रुपमा आयोजना भएको संयुक्त कार्यकर्ता भेलामा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ “क” की उम्मेदवार कुमारी मोक्तानले बाम गठबन्धनलाई जिताउनका लागि ढुक्क भएर मतदान गर्नका लागि आग्रह गरिन् । उनले जनताको लागि काम गर्ने भनेको बाम गठबन्धन नै भएकोले जिताएर सघाउन आग्रह गरिन् । जनता जहिल्यै कम्युनिष्टको शासन चाहने भएकोले वामपन्थीहरुले जित्नेमा सबैलाई ढुक्क हुन आग्रह गरिन् । 

नेकपा एमाले मकवानपुरका सचिवालय सदस्य विष्णु प्रसाद ढकालले हिजो गठबन्धन नहुँदा एक आपसमा भएका तिक्तता विर्सिनूपर्ने बताए । नेता ढकालले राष्ट्र, राष्ट्रियता र समृद्घिको लक्ष्यमा साथ दिन सबै कार्यकर्ताहरुलाई एकतावद्घ भएर लाग्न आग्रह गरे । उनले भने–‘सूर्य र गोलाकार भित्रको ह“सिया हथौडाको झण्डा सहित चुनाव प्रचारमा गाउ“–टोलमा जान कार्यकर्ताहरुलाई निर्देशन दिए । कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले गठबन्धनले जिते मात्र संविधान कार्यान्वयन हुने उल्लेख गरे । सचिव श्रेष्ठले नेपालको संविधान उत्कृष्ट भएको बताउँदै अरु शक्तिहरुले जिते जनता सशक्त हुने डरले पनि संविधान कार्यान्वयनमा बाधा सृजना गर्ने बताए । उनले विकास र सम्वृद्धिका लागि गठबन्धनका उमेद्वारलाई जिताउन सबैलाई अपिल गरे । 

नेकपा माओावादी केन्द्र थाहानगर कमिटि संयोजक अरुण रायमाझीको सभाध्यक्षतामा भएको भेलामा  माओवादी जिल्ला पार्टी सचिवालय सदस्य विष्णु बिष्ट ‘आदर्श’, कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा ओयोग सदस्य पि.बि. गोले, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष एवम् निर्वाचन परिचालन कमिटिका संहयोजक मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् निर्वाचन परिचालन कमिटि सह–संयोहजक बलराम बल, नेकपा एमाले ३ नम्बर प्रदेश कमिटि सदस्य महेश्वर सुवेदी, नेकपा एमाले ३ नम्बर प्रदेश कमिटि सल्लाहकार ठाकुरराम खड्का, नेकपा एमाले मकवानपुर जिल्ला कमिटि सचिब नेकपा माओवादी केन्द्र पोल्य्ुटब्यूरो सदस्य सन्तोष विष्ट, नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सचिवालय सदस्य एवम् वाइसिएल केन्द्रिय सचिव प्रकाश पाण्डे लगायतको आतिथ्य रहेको थियो । 

यसैबीच भेलाले अरुण रायमाझी संयोजकत्वमा ५ सय १ सदस्यीय थाहा नगरस्तरीय निर्वाचन परिचलन कमिटि गठन गरिएको छ । कमिटिको सह संयोजकमा सानुकाजी गोपाली रहेका छन् । समितिको ३५ सदस्यीय स्टेरिङ किमिट पनि गठन गरिएको छ ।

त्यस्तै महेश्वर सुवेदीको संयोजकत्वमा १ सय १ सदस्यीय अनुगमन समिति गठन भएको छ । समितिको सह संयोजकमा बिष्णु गोपाली चयन भएकाछन् । कार्यक्रमका सहभागीहरुलाई थाहा नगरपालिकाका नगर प्रमुख तथा माओवादी जिल्ला कमिटि सदस्य लवशेर विष्टले स्वागत गरेका थिए भने कार्यक्रम विमबल कुमार ढकालले संचालन गरेका थिए । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)