Monday, 15th June, 2026
वि.स.

स्थायी जागिर, यस्तो छ अवसर (सूचना सहित)

जागिर खानेहरुको लागि सुनौलो अवसर सृजना भएको छ । धेरै संख्यामा स्थायी जागिर खुलेको छ । गुठी संस्थान प्रधान कार्यालयले ठूलो संख्यामा स्थायी जागिर खुलाएको छ ।

एक सूचना जारी गर्दै गुठी संस्थानअन्तर्गत रिक्त रहेका देहायका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले विज्ञापन खुलाएको हो ।

सूचना प्रथमपटक प्रकाशित मितिले २१ (एक्काइस) दिनभित्र र दोब्बर शुल्क तिरी थप ७ (सात) दिनभित्र Online दरखास्त फाराम पेस गर्नु पर्नेछ ।

म्यादभित्र दाखिला नभएको र रीत नपुगी आएका दरखास्तउपर कुनै किसिमको कारबाही हुने छैन । झुट्ठा विवरण उल्लेख गरी दरखास्त फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुने सुचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सूचना