Wednesday, 26th August, 2026
वि.स.

स्थानीय विकास विटमा काम गर्ने पत्रकारलाई अवसर

मकवानपुर थाहानगरमा रहेको दीगो विकास मल्टिमिडियाले एकजना पत्रकार  माग गरेको छ । 

थाहा नगरपालिकामा कार्यालय रहेको मल्टिमिडियाले स्थानीय विकासका क्षेत्रमा काम गर्न इच्छा भएका पत्रकारलाई जागिरको अवसर प्रदान गरेको हो । मल्टिमिडियाले तत्काललाई एकजना पूर्णकालिन र अरु दुईजना स्वयंसेवक माग गरेको जनाएको छ । पूर्णकालिन पत्रकारका लागि १२ कक्षा उतीर्ण र स्वयंसेवकका लागि एसइई वा सो सरह उतीर्ण गरेको हुनुपर्ने जनाएको छ ।  पूर्णकालिनको लागि दरखास्त दिन सामान्य समाचार लेख्न सक्ने तथा स्वयंसेवकको लागि समाचार लेख्न जाँगर लगाउने र बलियो इच्छाशक्ति भएको हुनुपर्ने छ । दुबैको लागि कम्प्युटरमा नेपाली टाइप गर्न भने जानेको हुनुपर्ने छ ।

विकास मल्टिमिडियाले विकासखबर डटकम संचालन गर्दै आएको छ भने विभिन्न जनसेवामूलक सन्देश प्रकाशन गर्दै आएको छ । 
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif