nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय विकास विटमा काम गर्ने पत्रकारलाई अवसर

मकवानपुर थाहानगरमा रहेको दीगो विकास मल्टिमिडियाले एकजना पत्रकार  माग गरेको छ । 

थाहा नगरपालिकामा कार्यालय रहेको मल्टिमिडियाले स्थानीय विकासका क्षेत्रमा काम गर्न इच्छा भएका पत्रकारलाई जागिरको अवसर प्रदान गरेको हो । मल्टिमिडियाले तत्काललाई एकजना पूर्णकालिन र अरु दुईजना स्वयंसेवक माग गरेको जनाएको छ । पूर्णकालिन पत्रकारका लागि १२ कक्षा उतीर्ण र स्वयंसेवकका लागि एसइई वा सो सरह उतीर्ण गरेको हुनुपर्ने जनाएको छ ।  पूर्णकालिनको लागि दरखास्त दिन सामान्य समाचार लेख्न सक्ने तथा स्वयंसेवकको लागि समाचार लेख्न जाँगर लगाउने र बलियो इच्छाशक्ति भएको हुनुपर्ने छ । दुबैको लागि कम्प्युटरमा नेपाली टाइप गर्न भने जानेको हुनुपर्ने छ ।

विकास मल्टिमिडियाले विकासखबर डटकम संचालन गर्दै आएको छ भने विभिन्न जनसेवामूलक सन्देश प्रकाशन गर्दै आएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)