Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्थानीय पूर्वाधार विकासको चार करोड बाँडियो !

Birodh-1606660212.jpg

प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाको संयोजकत्वमा गठित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिले चार करोड रुपियाँ बराबरका विभिन्न योजनाहरु छनौट गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सांसद खतिवडाको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नं २ अन्तर्गत पर्ने मनहरी, राक्सिराङ, कैलाश, भीमफेदी, इन्द्रसरोबर, मकवानपुरगढी गाउँपालिकासहित हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकामा विभिन्न योजनाहरुका लागि रकम बिनियोजन गरेको हो । 

समितिको बैठकमा निर्देशक समितिका सदस्य एबम् राष्ट्रिय सभा सदस्य रामनारायण विडारी र सचिव एबम् जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेलको उपस्थिति रहेको थियो भने जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी लगायत जनप्रतिनिधिहरु आमन्त्रित थिए ।

हेर्नुहोस कहाँ कति बजेट:



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०