nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय निकायको निर्वाचन आवश्यक–राना

मकवानपुर जिल्लाको इन्द्रसरोबर गाउँपालिकाको सिस्नेरीमा नेकपा एमालेको संबिधान कार्यान्वयनका लागि जन परिचालन अभियान अन्तरगतको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम ३० मंस्ीरमा सम्पन्न भएको छ । ।नेकपा एमाले मकवानपुर क्षेत्र नं २ सचिवाय सद्स्य सिस्नेरी अभियान टोली संयोजक ऋषिराज पुडासैनीको सभाध्यक्षता एवम नेकपा एमाले प्रदेश नं ३ प्रादेशिक सदस्य एवम् केन्द्रिय स्कुल बिभाग सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमालेका केन्द्रीय स्कुल विभाग सदस्य रानाले देशको अस्थिरतालाई अन्त्य गर्नको लागि स्थानीय निकाय निर्वाचन आवश्यक रहेको बताएका छन् । रानाले वर्तमान सरकारले देशको अस्थिरतालाई कम गर्नुको सट्टा थप अन्योलतामा धकेल्ने खेलमा लागेको आरोप लगाए । 

पार्टीमा आस्था राख्ने तथा पार्टी संगठनमा आबद्ध सदस्यहरुलाइ पार्टीको चारमहिने अभियानका बारेमा जानकारी गराउने उद्देश्यले सञ्चालित कार्यक्रममा अभियान टोली प्रमुख एवम नेकपा एमाले जिल्ला निर्वाचन कमिटी अध्यक्ष मदन दाहाल, पुर्ब जिल्ला कमिटी सदस्य एवम मार्खु अभियान प्रमुख डिके पुडासैनी, कुलेखानी अभियान टोली प्रमुख जीवन लामा, नेकपा एमाले मकवानपुर क्षेत्र नं २ का सदस्य चिरञ्जीवी पौडेललगायतले अभियानका बारेमा बोलेका थिए ।

कार्यक्रममा सिस्नेरी गाउँ कमिटीका अध्यक्ष प्रेम लामा राजेशले स्वागत मन्तव्य राखेका थिए । साथै सोही कार्यक्रममा जनपरिचालन अभियान अन्तर्गत सिस्नेरीमा कार्यक्रम प्रभाबकारी सञ्चालनका लागि गठन गरिएको तीन टोलीका प्रमुखहरुलाई जिम्मेवारी दिइएको छ ।  

-पुस्कल गोले सागर



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)