Tuesday, 28th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

स्थानीय तह निर्वाचन: थाहामा भूकम्पपीडित फकाउँदै फोरम

संघीय समाजवादी फोरम नेपालले आफ्नो चुनावी अभियानलाई भूकम्पपीडितहरु माझ केन्द्रीत गरेको छ । पीडितहरुका माझ विभिन्न आश जगाउँदै भोट आफ्नो पक्षमा पार्न फोरम अग्रसर भएको छ । फोरमले १५ वैशाखमा मकवानपुरको गोलमोड सिमभन्ज्याङमा चुनावी कार्यक्रम गरेको छ । 

फोरमका केन्द्रीय सदस्य बिद्युत बज्राचार्यको प्रमुख आतिथ्यता एवं थाहा नगर अध्यक्ष सुशान्त श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यत्mम प्रमुख अथिति बज्राचार्य, बिशेष अतिथि शुभरत्न गोले, जिल्ला पार्टी सल्लाहकार सोमलाल गोलेलगायतकाको उपस्थिति रहेको थियो । 

कार्यक्रमपछि कृष्णकुमार बलको अध्यक्षतमा ४ वडा कमिटिसमेत गठन गरिएको संघीय समाजवादी फोरम नेपाल मकवानपुरले जनाएको छ ।