Tuesday, 20th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

स्थानीय तह निर्वाचनको मौन अवधि २८ गते राति १२ बजेदेखि सुरु

 बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि २८ गते राति १२ बजेदेखि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि चुनाव प्रचार प्रसार गर्न नपाइँदैन । साथै सभा, जुलुस, नाराबाजी लगायतका कुनै पनि गतिविधि गर्न बन्देज गरिएको छ ।

स्थानीय तह निर्वाचन निर्देशिका २०७३ दफा ६९ मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।

स्थानीय तहको पहिलो चरणको मतदान बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg