Monday, 15th June, 2026
वि.स.

स्थानीय तहका लागि एमआइएस अपरेटरको सर्टलिस्ट सार्वजनिक

सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत यहि १७ भाद्रमा दरखास्त माग भएकोमा संक्षिप्त सूची (सर्ट लिष्ट) प्रकाशन भएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले प्रदेश नम्बर १, ६ र ७ मा दरखास्त दिएकाहरुको सर्टलिस्ट १४ असोजमा सार्वजनिक गरेको हो । प्रदेश ३ सहित  २, ४ र ५ को भने केही दिनमै प्रकाशन हुने विभागले जनाएको छ । 

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले मकवानपुरका १० स्थानीय तहमा गरी २८ जना एमआईएस अपरेटर र १० जना फिल्ड सहायकको लागि करारमा दरखास्त खुलाएको थियो । जिल्लामा कुल ३८ जना चाहिनेमा उन्नाइसगुणा बढि निवेदन परेको विभागले जनाएको छ ।  सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकामा निवेदन परेको छ । हेटौंडामा दुईजना एमआइएस अपरेटरको लागि ९५ जना र १ जना फिल्ड सहायको लागि १ सय २८ जनाको निवेदन परेको छ । 

त्यस्तै थाहा नगरपालिकामा दुईजना एमआइएस अपरेटरको लागि २७ र एकजना फिल्ड सहायकको लागि ३५ जनाको निवेदन परेको विभागले जनाएको छ ।

हेर्नुहोस् सर्टलिस्टः



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०