Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सोचेअनुसार काम गर्न सकिएन–मुख्यमन्त्री पौडेल

DM-Paudel-1581428985.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले सोचेअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । प्रदेश सरकारले आन्तरिक तथा विभिन्न समस्याका कारण सोचेअनुसार प्रगति गर्न नसकिएको उनले बताएका हुन् ।
a
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं वार्षिकोत्सव कार्यक्रममा हेटौंडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले व्यवस्था परिवर्तन भएपनि काम गर्ने शैलीमा कुनै परिवर्तन नभएका कारण सोचेअनुसारको प्रगति गर्न नसकिएको बताए। सरकार दौडन खोजे पनि ब्रेक लागिरहेको र यसमा कसैको दोष नभएर हाम्रो काम गर्ने शैली भएको बताए। ‘मैले कसैलाई दोष दिन खोजेको होइन। संस्कार बदाल्नलाई समय लाग्ने रहेछ। सयौं वर्षदेखि बसेको थितिलाई बदलेर नयाँदिशामा अघि बढ्न खोज्दाखेरी एकैचोटी सम्भव हुँदो रहेनछ,’ पौडेलले भने, ‘सरकारले आफ्नो ठाउँबाट सक्ने जति काम गर्दा मात्रै पनि परिवर्तन सम्भव छ।’

स्थानीय तह अधिकार सम्पन्न भएता पनि आफ्नो ठाउँबाट प्रयाप्त काम गर्न नसकेको पौडेलको आरोप छ। अधिकार सम्पन्न स्थानीय सरकारले यसरी अघि बढ्नुपर्छ भनेर कसैले प्रशिक्षित नगराएकोले पनि काम हुन नसकेको उनको भनाइ थियो । जनप्रतिनिधिहरूले ठेकेदारी गर्दा बदनामी भइरहेको पनि उनको भनाइ थियो।

अख्तियारको काम कारबाहीको प्रसंगमा पौडेलले कसैले अख्तियारमा उजुरी गर्दा विकास निर्माणको काम नै अलपत्र हुने गरेको भन्दै चिन्ता व्यक्त गरे। ‘अख्तियारलाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने कुरामा द्विविधा भएन तर, अख्तियारको कामले विकास निर्माणमा परिरहेको समस्या कसरी सुल्झाउने भन्नेबारे सोच्नुपर्छ,ु उनले भने । भ्रष्टाचारलाई न्यूनीकरण गर्न सबैले आफ्नो दायित्व पुरा गर्नुपर्ने उनको भनाइ थियो।

अख्तियार हेटौंडाका प्रमुख शिवकुमार कार्कीले कार्यालयको प्रगति विवरण प्रस्तुत गर्दै आगामी कार्यक्रमबारे बोलेका थिए। उनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मात्र अख्तियारमा ८ सय ४१ वटा उजुरी परेका छन्।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०