Thursday, 10th September, 2026
वि.स.

सुर्यमा भोट माग्दै परिवार दल मकवानपुर 

नेपाल परिवार दल मकवानपुरले आज हेटौँडामा कार्यक्रमको आयोजना गरि नेकपा एमालेको सुर्य चिन्हको लागि मत मागेको छ । हेटौँडामा परिवार दलले कार्यक्रमको आयोजना गरि सुर्यमा मतदान गरि समृद्ध नेपाल निर्माणको लागि अभियानमा सहयोग गर्नको लागि आग्रह समेत गरेका छन् । 
कार्यक्रममा बोल्दै नेपाल परिवारदलका केन्द्रीय महामन्त्री विनोद डाँगीले प्रगतीशिल वाम गठवन्धननै ने समृद्ध नेपाल निर्माणको लागि आवश्यक रहेको बताए । परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाल पनि सुर्य चिन्हमा समानुपातिक उम्मेद्वार रहेको बताउँदै उनले जिल्लाका सबै कार्यकर्ताहरुलाई वाम गठवन्धनका उम्मेद्वारलाई प्रतक्षमा र समानुपातिकमा सुर्यमा मतदान गर्नको लागि आग्रह समेत गरे । 

कार्यक्रममा बोल्दै नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले २०४६ सालमा मसानघाटमा पुगिसकेको राप्रपालाई कांग्रेसले पटक पटक काँधमा बोकेले बताईन् । लोकतन्त्रको हत्या गर्ने तम्सेकाहरुलाई काँधमा बोकेर लोकतन्त्रको लागि कांग्रेस आवश्यक रहेको भन्नु हास्यस्पद भएको बताए । 

कार्यक्रममा एमालेका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहाल, प्रदेश १ (ख) का उम्मेद्वार डोरमणी पौडेल, परिवार दलका केन्द्रीय सदस्य मिलनकुमारी राजवंशी, एमालेका मकवानपुकी अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव एकालाल श्रेष्ठ, नेताहरु प्रल्हाद लामिछाने, परिवार दलका बरिष्ठ उपाध्यक्ष मायादेवी कंडेल, कोषाध्यक्ष कृष्णहरी ढुंगना, जिल्ला सचिव हरि लोप्पचन, प्रवक्ता उद्धबराज कठाएत लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । 

कार्यक्रम नेपाल परिवार दल मकवानपुरका अध्यक्ष सानु मोक्तानको अध्यक्षतामा भएको हो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०