nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सुनाचुरीमा घुम्ती स्वास्थ्य क्लिनक

मकवानपुरको मनहरी–२ सुनाचुरी, खयरघारीमा घुम्ती स्वास्थ्य क्लिनिक संचालनमा आएको छ । हरेक महिना घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरी सेवा प्रदान गरिएको हो ।
हेटौँडा ११ स्थित सन्त जोसेफ लुनी नामक संस्थाले निरन्तर ३ महिनादेखि स्वास्थ्य क्लिनिक संचालन गरेको हो । क्लिनिक संचालनपछि  स्थानीयबासिन्दाहरुमा दाद लगायत छालाका समस्याको निदान भएको छ । सुनाचुरी २ स्थित खयरघारीमा संचालिन क्लिनिकमा सामान्य रुघाखोकी,
ज्वरो तथा छालाका रोगहरुको उपचार र निःशुल्क औषधी बितरण गरिएको हो ।

सिस्टर मेरियमको उपस्थितिमा शिविर संचालन गरिएको हो । स्थानीय बासिन्दाको उपचारमा सजिलो होस् भन्ने हिसावले आफूहरुले सेवा प्रदान
गरेको मेरियमले बताइन् । उनका अनुसार आगामी दिनमा पनि जोगिताल, लोथर तथा हाँडीखोला गाविसका केही स्थानहरुमा नियमित स्वास्थ्य क्लिनिक संचालन गरिनेछ ।