nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

बोलेरोमा आगजनी गरेको आशंकामा २ जना पक्राउ

मकवानपुरको थाहा नगरपालिका वडा नं ४ सिमभञ्ज्याङमा कुखुरा बोक्ने निजी बोलेरोमा आगजनी गरेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

यहि ५ वैशाखमा हेटौंडा तर्फ जाँदै गएको ना २ च ९०९४ नंबरको कुखुरा बोक्ने बोलेरो गाडीमा आगजनी गरेको आशंकामा थाहानगरका सौगात विष्ट र पृथ्वीराज अधिकारीलाई पक्राउ गरिएको हो । उनीहरुलाई ५ वैशाख दिउँसो ३ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता (प्रहरी निरीक्षक) सागरविक्रम राणाले जानकारी दिए । 

बोलेरोसहित मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ९ गोलमोडमा पालुङ तर्फ आइरहेको ना ४ ख ७९६० नंबरको तरकारी लोड गरेको मिनी आइचरमा समेत तोडफोड र आगजनी भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको राणाले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)