Monday, 15th June, 2026
वि.स.

सिन्धुपाल्चोकको गुम्बामा रुघा खोकीले स्थानीय विरामी पर्न थाले विशेष टोली जाँदै

सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ साविक गुम्बा गाविस ८ नम्बर वस्तीमा कोरोनाको लक्षणसंग मिल्ने रुघा,खोकि र अत्यधिक ज्वरोले गाउँले विरामी परेका छन् । 

२३ माघबाट यस्तो लक्षण देखिन सुरु गरेकोमा २८ माघ साँझसम्म विरामी हुनेको सङ्रख्या ८४ जना पुगेको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । कोरोनाको लक्षण मात्र भएको र शंका गर्ने आधार नरहेको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईले बताए । जुगल गाउँपालिकाको गुम्बामा स्वास्थ्यकर्मि,औषधिहरु र माक्स खरीद गरी पठाईसकेको चापागाईले बताए ।

 कोरोना जस्तै लक्षण भएपनि यहाँका मानिसको चिन संग आउजाउ नभएकोले कोरोना नै हो भन्ने आधार नरहेको उनको भनाई छ । विरामि परेका ८४ जनाको अवस्था भने सामान्य रहेको छ । संक्रमण देखिएकाहरुलाई अरु ब्यक्तीसंग सम्पर्कमा नआउन र छुट्ै बस्न स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् । गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले आफुहरु विषय विज्ञ संग नियमित संवादमा रहेको बताउदै संम्यमता अपनाइएको उल्लेख गर्दै नआत्तिन उल्लेख गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोक वहादुर विकले रोग पहिचानका लागि विशेषज्ञ टोलि पठाउन प्रदेश ३ सामाजिक विकास मन्त्रालय, प्रशासन र स्वास्थ्य कार्यालयमा अनुरोध सहित पत्र पठाएको उल्लेख गरे ।