nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

सिंगो जिन्दगी स्थानीय तह बलियो बनाउन लागेंःमुख्यमन्त्री पौडेल

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानिय सरकारलाई बलियो बनाउन आफू सधैं लागि परेको बताएकाछन् । स्थानीय सरकार कमजोर बनाउने कुरामा आफू सहमत नहुने समेत उनले स्पष्ट पारे। नेपाल नगरपालिका संघको आयोजनामा भएको संघ–प्रदेश–स्थानिय सरकार समन्वय र सहकार्य बिषयक अन्तर संबाद कार्यक्रममा बोल्दै उनले भने–‘ मेरो सिंगो जिन्दगी स्थानिय सरकार बलियो हुनुपर्छ भनेर बिताए“ र अझैपनि मेरो यहि भनाई रहनेछ ।’

तीन तहका सरकारको सहकार्यबाट समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता बनाउन सकिने भन्दै मुख्यमन्त्री पौडेलले  पुरातनवादि चिन्तनमा समेत परिबर्तन गर्नुपर्ने बताए । तहगतरुपमा विकासका बर्गिकरण गरेर काम गर्न प्रदेश सरकारले भुमिका खेलिरहेको पनि बताए ।तीनै तहका सरकारका बिचमा सहकार्य र समन्वय बिना बिकास अधुरो हुने उनको भनाई थियो ।‘ तिन तहको समन्वय नभएमा समृद्ध मुलुक कसरी बन्छ रु उहा“ले प्रश्न गरे । उनले भने–‘सिंगो राजनितिक व्यवस्था परिबर्तन भयो तर हाम्रो मानसिकता, हाम्रो चिन्तन परिबर्तन भएन, हाम्रो काम गर्ने शैली जहा“को त्यहीं छ ।’

उनले विकासलाई निर्माणसंग मात्र जोड्ने गरेको भन्दै उत्पादनसंग जोड्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने–‘विकासलाई हामीले अर्थ संग जोडौं, उत्पादन संग जोडौं, तर हामी के गछौं, काम केहि नगर्ने कुरा मात्र गर्ने भएकोले हामी जहा“को तहिं भएका हौं ।’