nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सार्वजनिक यातायातमा ४५ प्रतिशत छुट कार्यान्वयन गराउन विद्यार्थीको दबाब

BIKSSS-1554961852.jpg

हेटौंडामा संयुक्त विद्यार्थी मकवानपुरले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने निर्णयको कार्यान्वयन नगरेको भन्दै आन्दोलन शुरु गरेका छन् । 

जिल्ला प्रशासकन कार्यालय मकवानपुरले यातायात व्यवशायीहरुलाई छुट दिन निर्देशन गरे पनि मकवानपुरका मझौला यातायातसहित अन्य सार्वजनिक संस्थाहरुले निर्णय कार्यान्वयन नगरेपछि विद्यार्थीहरुले सडक आन्दोलन सुरु गरेका हुन् ।

विद्यार्थीहरुले २८ चैत्रमा सिठ्ठी आन्दोलन जुलुस गरेका छन् । हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा क्याम्पसका गरी करिब डेढ सय भन्दा बढी विद्यार्थीले सडकमा सिठ्ठी बजाएर नाराबाजी गरेका गरे । हेटौंडाको सीमा चोकमा कोणसभा गरी सिठ्ठी आन्दोलन समापन गरिएको संयुक्त विद्यार्थी मकवानपुरले जनाएको छ । आन्दोलनका कार्यक्रम अनुसार २९ चैत्रमा हेटौंडामा सडक नाटक देखाई सडक बहस गर्ने कार्यक्रम रहेको अनेरास्ववियु जिल्ला कमिटी मकवानपुर विशाल पौडेलले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)