Sunday, 1st November, 2026
वि.स.
pustakalay-1792211853.jpg

सामाजिक सुरक्षा भत्ता नरोक्न गृहलाई संसदीय समितिको निर्देशन

samajik-1590166083.jpg

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले ६० वर्ष मुनिका एकल महिला र निलो कार्ड भएका अपांगताहरुको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको शुक्रबार बसेको बैठकले सामाजिक सुरक्षा नियमावली २०७६ तत्काल संशोधन गर्न र खाइपिई आएको भत्ता नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति निरुदेवी पालले सामाजिक सुरक्षा ऐन र नियमावलीको कुन कुन प्रावधान संशोधन गर्नुपर्छ गर्न तर त्यो नगरुन्जेल पनि भत्ता नरोक्न निर्देशन दिइएको जानकारी दिइन् । उनले भनिन्, “अहिलेको महामारीको परिवेशमा यस प्रकारको भत्तालाई कुनै हालतमा रोक्न नहुने भन्दै विभागको निर्णय फिर्ता लिएर प्रचलित सामाजिक सुरक्षा भत्ता हाललाई यथावत राख्न गृह मन्त्रालयलाई निर्देशन दिएका हौं ।”

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले २६ चैत २०७६ मा सबै स्थानीय तहलाई पत्र पठाएर भत्ता कटौतीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो। विभागले आर्थिक वर्ष २०७६/७७ को अन्तिम चौमासिकको किस्तादेखि नै निर्णय लागू हुने भनेकाले गत चैतदेखिकै भत्ता कटाैती हुने भएपछि सराेकारवालाहरुले विराेध गर्दै आएका थिए । 

सामाजिक सुरक्षा ऐन २०७५ तथा सामाजिक सुरक्षा नियमावली २०७६ बमोजिम यो निर्णय गरिएको विभागकाे पत्रमा भनिएकाे छ।  यस्तै समितिकाे बैठकले आगामी बजेट लैंगिक उत्तरदायी बनाउन र त्यसको समन्वय गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg