nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सातवटै प्रदेशमा प्रदेश परीक्षा बोर्ड कार्यालय खोल्न सिफारिस

मुलुकको सातवटै प्रदेशमा प्रदेश परीक्षा बोर्ड कार्यालय खोल्न सिफारिस भएको छ ।  शिक्षा मन्त्रालयले गठन गरेको प्राविधिक समितिल कार्यालय खोल्न सिफारिस गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको संगठन तथा व्यवस्थापनसम्बन्धी प्रतिवेदन तयार गर्न गठित समितिले शिक्षामन्त्री धनीराम पौडेललाई प्रतिवेदन बुझाउँदै प्रदेशस्तरमा सहसचिवको नेतृत्वमा कार्यालय खोल्न सुझाव दिएको हो ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् शिक्षा ऐन (आठौँ संशोधन) कार्यान्वयनसँगै बोर्डमा रुपान्तरण भएको थियो । कक्षा ९ देखि १२ सम्म माध्यमिक शिक्षा मानिएको नयाँ कानुनले १२ कक्षाको परीक्षालाई सो तहको अन्तिम परीक्षाका रुपमा सञ्चालन गर्ने जिम्मा बोर्डलाई दिएको छ भने पूर्ववत् कक्षा १० को प्रवेशिका परीक्षाको व्यवस्था हटेको छ ।

बोर्डका प्रदेश कार्यालय सञ्चालनमा नआउँदासम्म कक्षा १० को परीक्षा हालको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन हुनेछ । कक्षा ११ र १२ को पाठ्यक्रम पुनःव्यवस्थापन भएपछि बोर्डले पूर्णरुपमा परीक्षा सञ्चालन गर्नेछ । संशोधित शिक्षा ऐन गत असार १५ बाट लागू भएको थियो ।